बीरगंजमा थप ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप ८६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१ सय ३९ जनाको पिसीआर परीक्षण गरिएकोमा ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
सङ्क्रमित मध्ये ६७ जना पर्सा जिल्लाको रहेकोमा बीरगंज महानगरपालिकाका ६२ जना रहेको डा.दासले बताउनुभयो ।
त्यसै गरी कोरोना सङ्क्रमण पुष्टि हुनेहरूमा बाराका १३ जना रहेका छन् भने रौतहटका ४ जना, महोत्तरी १ जना र धनुषाको १ जनामा कोरोना रहेको डा. दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह २ वर्षदेखि ८३ वर्षसम्म रहेको र सिटीभ्यालु १४ देखि ३४ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।
नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गतेदेखि वैशाख १० गतेसम्म गरिएको १३ सय ७८ जनाको पिसिआर परीक्षणमा ७ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्