तपाईँ सुन्दै हुनुहुन्छः

सिस्नेरीका आगलागी पीडितलाई राहत वितरण

सुर्खेत । मदन भण्डारी स्पोट्र्स एकेडेमी तथा फाउण्डेशन सुर्खेतले आगलागी पीडितलाई राहत वितरण गरेको छ ।
मदन भण्डार फाउण्डेशनले विभिन्न दाताहरूबाट आर्थिक सङ्कलन गरी शनिबार पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–२, सिस्नेरी गाउँका ९ जना आगलागी पीडितलाई राहत वितरण गरेको हो ।
सिस्नेरीमा गत चैत २६ गते आगलागी हुँदा ९ परिवारको घर गोठसहित अन्नपात जलेर नष्ट भएको थियो ।
फाउण्डेशनले आगलागी पीडितलाई राहत स्वरूप चामल, दाल, तेल, नुन मर मसालासँगै  साबुन, ब्रस, पेस्ट तथा सरसफाइलगायतका सामाग्री सहयोग गरेको नेकपा एमाले सुर्खेतका नेता ताराकेशर गौतमले जानकारी दिनुभयो ।
मदन भण्डारी फाउण्डेशन सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेत, मदन भण्डारी स्पोट्र्स एकेडेमी सुर्खेतका अध्यक्ष सूरज थापा, सदस्य अमर थापा, भूमि सम्बन्धी समस्या समाधान आयोग सुर्खेतका विज्ञ सदस्य डम्मर गरन्जामगर लगायतले बराहताल गाउँपालिका–२, वडाध्यक्ष युवराज कार्कीको रोहवरमा खाद्यान्न तथा सरसफाइ सम्बन्धी सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आगलागी पीडितलाई नयाँ बस्ती विकास कार्यक्रममार्फत पक्की घर बनाउन फाउण्डेशनले सहयोग गर्ने बचन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button