राजविराज विमानस्थलमा १५ दिन उडान रोकिने
सप्तरी । सप्तरीको राजविराजस्थित विमानस्थलमा धावनमार्ग स्तरोन्नतिको काम सुरु भएका कारण काठमाडौँ–राजविराज हवाई उडान १५ दिनका लागि रोकिने भएको छ ।
विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम सुरु भएका कारण आज (शुक्रवार) १० गतेदेखि २५ गतेसम्म विमानस्थलमा हुँदै आएको उडान रोकिन लागेको हो ।
यहाँ बुद्ध एयरले नियमित उडान भर्दै आएको छ । कम्पनीले ट्राभल अलर्ट सार्वजनिक गर्दै १५ दिनका लागि उडान रोकिएको जनाएको हो ।
तराईका विमानस्थल मध्ये स्तरोन्नतिपछि आधुनिक बनाइएको यो विमानस्थलले सिराहा, उदयपुर र सप्तरीका यात्रुलाई राजधानी काठमाडौँसँग जोडिरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्