तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाली कामदारलाई इजरायल पठाउने सहमति छिट्टै कार्यान्वयन हुने’

काठमाण्डौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी र नेपालका लागि इजरायली राजदूत खनान गोदेर बीच नेपाली कामदारलाई इजरायल पठाउने सम्झौताको कार्यान्वयनबारे छलफल भएको छ।

सिंहदरबारमा आज (शुक्रबार) भएको छलफलमा मन्त्री चौधरी र राजदूत गोदेर दुवैले इजरायलमा  केरगिभर (हेरचाहकर्ता) का  रूपमा  नेपाली कामदारलाई भर्ती गर्ने सहमतिलाई अघि बढाउने कुरामा जोड दिनु भयो।

नेपालीलाई कामदारलाई सक्दो चाँडो इजरायल पठाउन आफूहरू प्रयत्नशील रहेको राजदूत गोदेरले बताउनु भयो।

नेपाल र इजरायल बीच ५०० नेपाली कामदारलाई केरगिभरका रूपमा जी टू जी प्रक्रिया इजरायल पठाउने सम्झौतामा हस्ताक्षर भई हाल उक्त सम्झौता  कार्यान्वयनको चरणमा रहेको इजरायली दूतावासले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button