जिल्ला प्रशासन कार्यालय धनुषाले वार अनुसार सेवा दिने

जनकपुरधाम । कोरोना महामारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले पालिकाहरुलाई वार अनुसार पालै सेवा दिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै वैशाख १२ गते आइतबार देखि दिन अनुसार पालिकाहरुलाई पालैपालो सेवा प्रदान गर्ने जनाएको छ ।
सेवा प्रवाहको लाग जिल्लाको १८ वटा पालिकाहरुको तालिका तयार गरेको छ । जस अनुसार आइतबार सबैला, गणेशमान चारनाथ र नगराइन नगरपालिकालाई सेवा प्रदान गर्ने छ भने मिथिलाबिहारी, क्षिरेश्वरनाथ र धनुषाधाम नगरपालिकाको सेवा सोमबार सेवा दिने छ ।
मंगलबार मुखियापट्टी मुसहरनिया गाउँपालिका, मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाको सेवा दिइने छ । बुधबार लक्ष्मीनिया गाउँपालिका, हंशपुर नगरपालिका र जनकनन्दनी गाउँपालिकाको सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी दिपक कुमार कर्णले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।
बिहीबार औरही गाउँपालिका, सहिदनगर र विदेहनगर नगरपालिकाको सेवा प्रवाह गरिने छ भने शुक्रबार मात्र जनकपुरधाम उपमहानगरपालिकाको सेवा प्रवाह गरिने प्रशासन कार्यालयले जनाएको छ । त्यसै गरी संघसंस्था दर्ता र नविकरण आइतबारदेखि बुधबारसम्म र पत्रपत्रिका, छापाखाना दर्ता तथा विधान संशोधनको सेवा प्रवाह बिहीबार र शुक्रबार मात्र गरिने जनाएको छ ।
यसै गरि मालपोत, नापी तथा यातायात कार्यालयमा पनि वार अनुसारको सेवा प्रवाह गर्ने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्