शुक्लाफाँटा निकुञ्जमा दुर्लभ खरमुजुरको गणना गरिँदै

कञ्चनपुर। कञ्चनपुर जिल्लामा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ खरमुजुरको गणना सुरु गरिएको छ। निकुञ्जमा नेपालमै दोस्रो ठुलो सङ्ख्यामा खरमुजुर पाइने गरेकाले गणना सुरु गरिएको हो।
विश्वमै अति सङ्कटापन्न मानिने खरमुजुरको सङ्ख्या र अवस्था पत्ता लगाउने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहकार्यमा पङ्क्षी संरक्षण सङ्घ (बीसीएन) नेपालले ६ वर्षपछि नेपालमा खरमुजुरको गणना गर्न थालेको छ।
खरमुजुर गणनाको कार्य अगाडि बढेको निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्