सुनको मूल्य आज पनि बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्