तपाईँ सुन्दै हुनुहुन्छः

देशकै ठूलो कफी खेती धनकुटाको पाख्रिबासमा सुरु  

धनकुटा । पाख्रिबास नगरपालिका धनकुटामा नेपालकै सबैभन्दा ठूलो स्तरमा व्यवसायीक कफी खेती सुरु गरिएको छ ।
नगरपालिकाले गत बर्ष कृषि अभियन्ता तथा विज्ञ जीवन कुमार राईको नेतृत्वमा यसको सम्भाव्यता अध्ययन गरेर यो वर्षबाट कफी खेती सुरु गरेको हो ।
नगरपालिकाले यो वर्षबाट खेती बिस्तार गर्न १० लाख लागतमा ७ रोपनी क्षेत्रफलमा मुगा स्थित राई गाउँमा कफीको नर्सरी  सुरु गरेको छ ।
५ लाख कफीका बिरुवा उत्पादन गर्ने लक्षका साथ नगरको लगानीमा तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटाले यो बर्ष उत्पादन गरेको ५० हजार बिरुवा रोपिनेछन् ।
नगरपालिकाले कृषि प्राविधिक र सञ्चारकर्मीहरूलाई अनुगमन गराएर कफी खेतीको बारेमा विस्तृत जानकारी दिएको छ ।
१ हजार ४४ दशमलव २९ किमी क्षेत्रफल रहेको पालिकामा ४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिने नगरपालिकाका मेयर बिर्खबहादुर राईले जानकारी दिनुभयो ।
नगरपालिकाले आवश्यक नीति बनाएर नगर भित्र र सार्वजनिक रुपमा बिरुवा वितरण तथा बिक्री गर्ने मेयर राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button