तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु ,एक गम्भीर घाइते

सांकेतिक तस्बिर
बारा । बाराको चैनपुरमा शनिबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार वीरगन्ज महानगरपालिका वडा नं.२१ परवानीपुर टोल बस्ने बर्ष २४ वर्षका जैकीप्रसाद कुशवाहा रहेका छन् ।
मोटरसाइकल चालक बारा कोल्हबी नगरपालिका वडा नं.१ बस्ने बर्ष ३० वर्षका राजकुमार महतो गम्भीर घाइते भएका छन् । उनको बिरगंजस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
वीरगन्ज पथलैया सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कुुश्वाहाको मृत्यु भएको हो ।
परवानीपुर गाउँपालिका वडा नं.३ चैनपुरमा ना ६ ख६१३६ नम्बरको ट्रकले प्रदेश २–०३–००६ प२४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रवक्ता गौतम  मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button