तीन फरार प्रतिवादी पक्राउ
बारा । बारा प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा दोषी ठहर भई फरार २ जना र ठगी मुद्दाका एक जना गरी ३ जना प्रतिवादीलाई पक्राउ गरिएको जनाएको छ ।
कुटपिट तथा अङ्गभङ्ग मुद्दामा पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ६ बस्ने धुमन साह सोनार र वडा नम्बर ९ बस्ने असलम देवान छन् । पक्राउ परेका तीनै जनालाई बारा जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशअनुसार दुई जनालाई कैद तथा जरिवाना भुक्तानको लागि वीरगन्ज कारागार पठाइएको छ ।
त्यस्तै नेपाल सरकार प्रतिवादी जिल्ला बारा सुवर्ण गाउँपालिका वडा नं.८ बस्ने नेपाली खाँ पैठान भन्ने आजादलाई ठगी मुद्दामा पक्राउ गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्