बाइडेनले पनि पुटिनले जस्तै सम्वाद चाहेको क्रेमलिनको भनाइ
बाइडेनले रूस र अमेरिकाबीचको तनाव कम गर्ने समय आएको भनी दिएको अभिब्यक्तिलाई रूसले सम्मान गर्ने रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जानकारी गराएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले मङ्गलबार रूस र अमेरिककाको सहयोगी मुलुक युक्रेनबीच बढ्दो तनावको बारेमा छलफल गर्न आफू र पुटिनले तटस्थ भूमिमा शिखर बैठकको प्रस्ताव गर्नुभएको थियो ।
साथै वासिङ्टन र मस्कोबीच तनाब अन्त्य गर्ने बेला आएको बाइडेनले बिहीबार बताउनुभएको थियो ।क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले शुक्रबार पत्रकारसँग भन्नुभयो,“रूसी राष्ट्रपति पुटिनले सम्बन्ध निर्माणको लागि यो समय उत्कृष्ट रहेको र यो समय अमेरिकासँगको सम्बन्धलाई सामान्य बनाउने र सम्बन्ध विस्तार गर्नुपर्ने बताउनुभएको छ ।”
“उहाँले बारम्बार भन्नुभएको छ हामी हाम्रा समकक्षीसँग वार्तालाप गरी सम्बन्ध विकास गर्न तयार छौं,” क्रेमलिन प्रवक्ताले भन्नुभयो । “विवाद समाधान कम गर्ने सम्बन्धमा ‘राम्रो’ कुरा यो हो कि दुई मुलुकका नेताहरूको दृष्टिकोण मेल खाएको छ ।”
फिनल्याण्डका राष्ट्रपति सउली निनिस्तोले शुक्रबार आफ्नो देशलाई सम्भावित बैठकस्थलकोे लागि प्रस्ताव गरिसक्नुभए पनि क्रेमलिन अझै पनि पुटिन–बाइडेन शिखर सम्मेलनको प्रस्तावबारे विचार गरिरहेको उहाँले बताउनुभयो ।
तनाव कम गर्ने आह्वानको बाबजुद वाशिङ्टनले हालै चुनावी तथा साइबर हस्तक्षेपको आरोप लगाएको थियो जसले मस्कोलाई थप आक्रोशित पारेको थियो । क्रेमलिनले ‘दण्डले सम्भावित शिखर सम्मेलनलाई सहयोग’ नगर्ने पनि बताएको छ । उहाँले भन्नुभयोे, “प्रतिबन्धको बाटो रूसका लागि अस्वीकार्य रहेको छ ।”
निर्वाचनका समय बाइडेनले आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्पको भन्दा मस्कोसँग धेरै कडा नीति लिने प्रतिवद्धता गर्नुभएको थियो ।रासस/एएफपी








प्रतिक्रिया राख्नुहोस्