तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु

राजविराज। सप्तरीमा शम्भुनाथमा बसको ठक्करबाट एक जना एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–३ शम्भुनाथ मन्दिरको गेट अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको सिरहा औषधी व्यवसायको स.१च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

शुक्रवार बिहान ३ बजेतिर भएको उक्त दुर्घटनामा एम्बुलेन्स चालक सिरहाको सुखिपुर बस्ने ५० वर्षीय छेदिलाल कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मृतकको शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । ठक्कर दिने बसका चालक भने फरार भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button