तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा चट्याङबाट बृद्धाको ज्यान गयो

भोजपुर । भोजपुरको उत्तर षडानन्द नगरपालिकामा पानीसँगै परेको चट्याङबाट बृद्धाको ज्यान गएको छ ।
बिहीबार बेलुका आफनै घरमा बसी रहेको अवस्थामा असिना पानीसँगैको चट्याङबाट षडानन्द नगरपालिका वडा नम्बर ८ की ७२ वर्षीय मनमाया राईको उपचारको लागि स्वास्थ्य केन्द्र लैजानेक्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।
चट्याङबाट टाउकोमा गम्भीर चोट लागेर घाइते मनमायाको स्थानीय मुलपानी स्वास्थ्य केन्द्र लग्नेक्रममा ज्यान गएको प्रहरीले जनाएको छ । राईको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरी शुक्रवार पोस्टमार्टम  लागि जिल्ला अस्पताल सङ्खुवासभा पठाइने इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button