तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु

सांकेतिक तस्बिर
बारा  । बारामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ बालगंगा पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ  ।
मोटरसाइकलमा सवार सिराहाको सिरहा नगरपालिका वडा नं.७ का ३९ वर्षीय शशिकान्त झा र नुवाकोट विदुरका ३९ वर्षीय सानुकाजी चित्रकार मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो  ।
दुर्घटनामा गम्भीर घाइते भएका शशिकान्तको उपचारको लागि गण्डक अस्पताल वीरगञ्ज लैजाने क्रममा बाटोमा र सानुकाजीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ना२७प ६३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button