तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चलमा हर्षोल्लासपूर्वक जूडशीतल पर्व मनाइँदै

जनकपुरधाम। मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा हर्षोल्लासपूर्वक आज जुडशीतल पर्व मनाइँदै छ । नयाँ वर्षको दोस्रो दिन बिहान देखि नै घर आँगनलाई सरसफाइ गरी चाखो पार्ने चलन रहेको छ ।

यसै गरी गाउँ घर तथा सहरमा आफूभन्दा सानाको टाउकोमा चिसो जल सहित आजुरले थपथपाएर आर्सीवाद दिने चलन रहेको छ । बाबुआमा, गुरु, मान्यजन एवं घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल थपथपाएर आर्सीवाद दिँदै पर्व मनाउन थालिइएको छ ।

वर्षभरि शीतलता मिलोस्, सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित ठुला वडाले घर तथा छरछिमेकका आफू भन्दा सानालाई टाउकोमा जप छोपेर आशीर्वाद दिने चलन रहेको छ ।

यसका साथै आजका दिन वोर्ट बिरुवा साथै खेतबारीमा पानी तथा मलजल हाल्ने चलन पनि रहेको छ । यसै गरी चौबाटोमा पनि छर्किने गरेको छ ।

वैशाख महिना सुरु भयसँगै सूर्यको तापक्रम बढ्ने र यसले मानवको जनजीवन प्रभावित हुने भएकाले शीतलताको कामना गरिन्छ । यसका साथै वोर्ट बिरुवामा पनि सिँचाइ गरेर बिरुवाको संरक्षण गर्नु पर्ने सन्देशका साथै मानव तथा प्रकृति बिचको सम्बन्धलाई ले पर्वदर्शाउने गरेका छन् ।

मिथिलामा दुई दिनसम्म नयाँ वर्ष मनाउने चलन रहेको छ । हिजो मात्र सतुवाईन पर्व सम्पन्न भएको छ । यस दिन सातु खाने तथा खुवाउने गरेका छन् । यस दिन सर्बत पनि वितरण गर्ने गरिन्छ ।

कतिपय स्थानमा एकले अर्कोको जीउमा हिलो पानी छर्केर जूडशीतल पर्व मनाउने गरिन्छ । हिलो पानीले पनि शरीरको तापक्रम सन्तुलन गर्ने काम गर्दछ । यसका साथै माटोमा अनेकन जीवनाशक तत्त्वहरू रहने गरेका छन् ।

जूड शीतलका दिन नयाँ वर्षमा तयार पारेको बाँसी भात, तरुवा, बडी करही, सोहीजनको तरकारी सहितको परिकारहरु खाने तथा खुवाउने चलन रहेको छ । खास गरेर पानीमा राखेको बाँसी भातमा तापवाट मानवलाई जोगिने तत्त्व बढी रहने गरेका कारणले नै पहिला देखि सो परम्परा चल्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button