तपाईँ सुन्दै हुनुहुन्छः

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं ।दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले त्यहाँका राष्ट्रपति मातमेला सिरिल रामाफोसासमक्ष आफ्नो आहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

प्रिटोरियास्थित सेफाको मापोगो माकगाथो राष्ट्रपति अतिथिगृहमा बुधबार आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेश गर्दै राजदूत विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति रामाफोसाको व्यक्तिगत सुस्वास्थ्य तथा दक्षिण अफ्रिकाका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत विश्वकर्माले नेपाल र दक्षिण अफ्रिकाबीचको सम्बन्ध मैत्री, पारस्परिक विश्वास, सद्भाव, समझदारी एवं सहयोगमा आधारित रहेको बताउनुभयो ।

राजदूत विश्वकर्मालाई स्वागत गर्दै राष्ट्रपति रामाफोसाले उहाँको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको प्रिटोरियास्थित नेपालको राजदूतावासले आज जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button