राजनीतिक, आर्थिक र सामाजिक हिसावले सफलताको वर्ष २०७७ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल अवस्थामा पनि २०७७ साल राजनीतिक, आर्थिक र सामाजिक हिसावले सफलताको वर्ष रहेको बताउनुभएको छ ।
नयाँ वर्ष २०७८ सालको अवसरमा देशबासीलाई शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका हल्लाहरुमा नअलमलिएर राष्ट्र निर्माणमा अघि बढ्न आह्वान गर्नुभयो ।
आपसमा फुट र बैमनष्यता नभइ राष्ट्रिय एकताका साथ सरकारले नयाँ वर्ष २०७८ सालमा नयाँ कामहरु गर्न लागेको जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले कोभिड १९ को सुरक्षा मापदण्डको सतर्कतापूर्वक पालना गर्न आग्रह गर्नुभयो ।प्रधानमन्त्री ओलीले सरकार तत्कालै लकडाउन गर्नुपर्ने परिस्थितिमा नरहेको पनि प्रष्ट पार्नुभयो ।
उहाँले सरकारको सही नीतिकै कारण कोरोनाबाट तुलनात्मक रूपमा नेपालमा कम क्षति भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले यस अवधिमा ठूला ठूला विकास निर्माणको कामहरु तीब्रताका साथ अघि बढेको उल्लेख गर्नुहँदै सरकारले मेलम्चीको पानी काठमाडौंमा ल्याइ घरघरमा पु¥याएर खुसीयाली बाँड्न सफल भएको बताउनुभयो ।
व्यापार घाटा संतुलनतर्फ फर्काउने प्रयास जारी रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणका बीच पनि सरकारले जनतामा आशा जगाउने काम गर्दै प्रतिदिन साँढेपाँच किलो मिटर सडक निर्माण गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले दुईवटा रेल खरिद गरेको जानकारी गराउनुहुँदै यसै महिनाबाट रेल सञ्चालन गरिने पनि बताउनुभयो
सरकार युवाहरुलाई उपयुक्त रोजगारीको अवसर उपलव्ध गराउन लागि परेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले उपलव्ध रोजगारीको उपयोग गरी देश विकासमा जुट्न समपूर्ण युवाहरुलाई आह्वान गर्नुभयो ।
एसिड आक्रमणका विरुद्ध सरकारले अध्यादेश मार्फत कडा कानून ल्याएको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुद्दा जितेर फर्काको संसदमा प्रतिपक्ष दलले अध्यादेश ल्याउन नदिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले आजै सम्पूर्ण किसानलाई लक्षित गरि मेरो कित्ता कार्यक्रम सुरु गर्न लागेको पनिे जानकारी दिनुभयो ।
मेरो कित्ता एप्सबाट किसानले कृषिसम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी सरकारले लोकतन्त्र प्राप्तिको विभिन्न आन्दोलनहरुमा योगदान गर्ने योद्धाहरुलाई सम्मान गर्न लागेको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।
गत वर्ष आफ्नो सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा जारी गरेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको पक्षमा उभिन सम्पूर्णलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्