तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ७८ पिसिआर गर्दा ४१ जनामा कोभिड संक्रमण

नेपालगञ्ज।बाँकेमा आज ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा ७८ जनाको पिसिआर परिक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । बाँकेमा चैत यता तीब्र गतिमा कोरोना फैलिरहेको छ । चैत महिनामा मात्र हालसम्म १ सय ९६ जना संक्रमित भएका छन् । भेरी अस्पतालमा ५४ जना उपचाररत छन् ।

ती मध्ये २४ जना सिकिस्त छन् भने ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको ओलीले जानकारी दिनुभयो । नेपालगञ्ज नाका भएर भारतबाट आएका ११ जनामा कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button