तीन सयभन्दा बढी घरपरिवारलाई लालपुर्जा वितरण

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा गाउँ ब्लकमा बसोबास गर्दै आएका तीन सयभन्दा बढी घरपरिवारलाई आज जग्गाधनी लालपुर्जा वितरण गरिएको छ ।
बर्दिबास नगरपालिका वडा नम्बर ६, ७ र ९ स्थित किसान नगर पशुपतिनगरका तीन सय घरपरिवारलाई नापी कार्यालय जलेश्वरले लालपुर्जा वितरण गरेको हो ।
किसान नगर र पशुपतिनगरमा विगत झन्डै ७० बर्ष देखि बसोबास गर्दै आएको गाउँ ब्लकका स्थानीय तीन सय घरपरिवारलाई जग्गा धनी लालपुर्जा वितरण गरेको हो ।
प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साह, प्रदेश नम्बर २ का प्रदेश सांसद शारदा देवी थापा र बर्दिबास नगरपालिकाका नगर प्रमुख विदुर कुमार कार्कीले एक कार्यक्रमबीच संयुक्त रुपमा जग्गाधनी लालपुर्जा वितरण गर्नुभएको नापी कार्यालय महोत्तरीका कार्यालय प्रमुख नापी कार्यालय महोत्तरी जलेश्वरका प्रमुख राकेशकुमार झाले जानकारी दिनुभयो ।
भूमि अधिकार मञ्च महोत्तरीका राजकुमार बस्नेतले वितरण गरिएको लालपुर्जा श्रीमान् श्रीमतीको संयुक्त नाममा रहेको बताउनुभयो ।
जगा धनी प्रमाण लालपुर्जा घरधनी मूलीको निधन भए पत्नीका नाउँमा र दुवै (पति/पत्नी) जीवित भए दुवैको संयुक्त नाममा उल्लेख गरेपछि महिलाको पनि घरजग्गामा स्वामित्व स्थापित भएको उहाँले बताउनुभयो ।
झन्डै ७० वर्षदेखि बसोबास गर्दै आएको तर लालपुर्जा विहीन घरपरिवारलाई लालपुर्जा वितरण गरिएकोले गाउँमा खुसीयाली छाएको र नगरपालिकाले समेत नगर क्षेत्रमा नापी खटाएर गाउँ ब्लक, ऐलानी जग्गा नापी गर्ने कार्य गरिरहेको नगरप्रमुख विदुर कुमार कार्कीले बताउनुभयो ।

बर्दिबास नगरपालिका ६, ७ र ९ का स्थानीयहरू लालपुर्जा पाएसँगै हषिर्त बनेका छन् ।
नापी कार्यालय महोत्तरीले केही दिन अघि सिरसिया, धिरापुर बस्तीका गाउँ ब्लक भित्रका १सय ६३ घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरेको प्रमुख राकेशकुमार झाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्