थप २ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं। आज देशभर २ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
४ हजार ७१ जनामा गरिएको पिसिआर परीक्षणमा २ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ ।
आज १ सय २७ जना कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किएका छन । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको छ ।
यो कोरोना सङ्क्रमणबाट निको हुने दर ९८ प्रतिशत हो ।








प्रतिक्रिया राख्नुहोस्