राष्ट्रिय जनगणनाका लागि भोजपुरमा सबैले सहयोग गर्ने

भोजपुर । आगामी जेठबाट शुरु हुने राष्ट्रिय जनगणना सफल बनाउन भोजपुरका सबै पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय जनगणना २०६८ का विषयमा जानकारी गराउन जिल्ला जनगणना कार्यालय भोजपुरले सरोकारवालाका लागि गरेका सचेतना गोष्ठीका सहभागीहरूले सो प्रतिबद्धता जनाएका हुन । आगामी २०७८ साल २५ जेठ देखि ८ असार सम्म देशव्यापी रूपमा जनगणना कार्य शुरु हुने जिल्ला जनगणना कार्यालय भोजपुरका प्रमुख सन्तोष कोइरालाले जानकारी दिनु भयो ।
जनगणना बारे जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउने लक्ष्यका साथ जिल्ला जनगणना कार्यालय भोजपुरले जिल्ला स्तरीय सचेतना गोष्ठी गरेको हो । सो कार्यक्रममा जनगणनाको परिचय, जनगणनाको आवश्यकता, नेपालको जनगणनाको इतिहास, जनगणनाका क्रममा गरिने घर तथा घरपरिवार लगत सूचीकरण, सामुदायिक प्रश्नावली, मुख्य प्रश्नावली, जनगणनाको तालिका, जनगणनामा समेटिने विवरण लगायतका विषयमा जिल्ला जनगणना कार्यालयका प्रमुख कोइरालाले सहजीकरण गर्नुभयो ।
जिल्ला जनगणना कार्यालयले जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सङ्घ संस्थाका प्रमुख, पत्रकार लगायतको सहभागितामा सचेतना कार्यक्रम गरेको हो । जिल्ला जनगणना समन्वय समितिका संयोजक एवं भोजपुरका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीले जनगणना अन्तर्गतका तथ्याङ्कलाई व्यवस्थित र सही बनाउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्