तपाईँ सुन्दै हुनुहुन्छः

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले घटेर ८७ हजार २ सयमा कारोबार भैरहेको हो ।

तेजावी सुनको मूल्य तोलाको ८६ हजार ७५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button