तपाईँ सुन्दै हुनुहुन्छः

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ ।जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाकारी दिएको छ । सोमबार बिहान आजको मौसम पूर्वानुमान जारी गरेर यस्तो जानकारी दिएको हो ।

यसैगरी, हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।भने, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा फाटफुट र हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मौसम विश्लेषण 

हाल देशमा स्थानीय र पश्चिमि वायुको सामान्य प्रभाव रहेको छ।

हाल मौसमको अवस्था

 देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र २३ गते (सोमबार)

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  सुदुरपश्चिम प्रदेशका  पहाडी भू-भागका  एक दुई स्थानमा  फाटफुट/हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

चैत्र २४ गते (मंगलबार)

दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश १, गण्डकी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै  स्थानहरुमा र बाँकि पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भाका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २५ गते (बुधबार)

दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश १, गण्डकी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै  स्थानहरुमा र बाँकि पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

देशका पहाडी भू-भागमा आंशिक बदली रही  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना  रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button