अहिलेको युग विकास र समृद्धिको युग होः मुख्यमन्त्री राई

खोटाङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताउनुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोस्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन कार्यक्रममा शनिबार मुख्यमन्त्री राईले प्रदेश नं १ को सबै जिल्लामा सडक, पुल, खानेपानी, विद्युत्, कृषि, पर्यटनलगायतको विकासमा सरकार लागिरहेको बताउनुभयो ।
प्रदेश सरकारले अगाडि बढाएको कृषिमा अनुदान, युवालाई रोजगार लगायतका कामले समेत जनता खुसी भएको मुख्यमन्त्री राईले जिकिर गर्नुभयो ।
उहाँले मध्य पहाडी लोकमार्ग अन्तर्गतको चखेवा–दिक्तेल सडक, सगरमाथा लोकमार्ग अन्तर्गत माहुरे–फोक्सिङटार सडक निर्माणमा ढिलासुस्ती भएकाले त्यसलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्