बारामा पहिलो पटक दलित विद्यालय भवन निर्माण हुँदै
वीरगञ्ज । प्रदेश न. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले दलित समुदायका बालबालिकाहरूलाई शिक्षाको पहुँचमा पुर्याउनका निम्ति शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।बाराको बिश्रामपुर गाउँपालिका वार्ड नम्बर ५ इटियाहीमा आज आयोजित एक कार्यक्रमका बिच दलित विद्यालय भवनको शिलान्यास गर्नुहुँदै मन्त्री सोनलले दलित, उत्पीडित वर्गहरू शिक्षित नभएसम्म देश साक्षर नहुने बताउनुभयो ।
उहाँले दलित उत्पीडित तथा विपन्न वर्गलाई आर्थिक, सामाजिक एवम् शैक्षिक रुपमा माथि नउकासेसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने कुरामा जोड दिनुभयो ।
मन्त्री सोनलको संसदीय विकास कोषको २५ लाख रकमबाट विद्यालय भवन निर्माण गर्न लागिएको हो ।
दलित समुदायका विद्यार्थीहरूको अध्ययनका लागि बारामै पहिलो पटक दलित विद्यालय भवन निर्माण थालिएको विश्रामपुर गाउँपालिकाका उपाध्यक्ष सुमित्रा देवी साहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्