सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रमा आगलागी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा आगलागी भएको छ ।
आगलागी दिउँसो करिब १ बजेदेखि शुरु भएको स्थानीयले बताएका छन् । आगलागी हुँदा काँक्रेविहार क्षेत्रमा रहेका वन्यजन्तुलाई ज्यान बचाउन सकस भएको छ ।
करिब चार किलोमिटर क्षेत्रफलमा आगलागी भइसकेको स्थानीयले जानकारी दिएका छन् ।

नेपाली सेना, प्रहरी, डिभिजन वन कार्यालय र त्यहाँ पुगेकाले स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
जङ्गलमा आगलागी हुने बित्तिकै प्रशासनलाई जानकारी गराए पनि बेवास्ता गरेको स्थानीय नबिना श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्