तपाईँ सुन्दै हुनुहुन्छः

थप १ सय २८ जनामा कोरोना संक्रमण, १ सय ६१ सङ्क्रमणमुक्त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

काठमाडौँ । आज देशभर १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २७ वटा नमूनाको परिक्षण गर्दा १ सय २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको छ ।
यस्तै आज १ सय ६१ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७३ हजार १ सय २३ पुगेको छ ।
हालसम्म ९८ दशमलव ३ प्रतिशत कोरोना संक्रमित संक्रमण मुक्त भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप १ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ३२ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button