नारायणी रङ्गशालामा वीरगञ्ज क्रिकेट लिग प्रतियोगिता शुरु
वीरगञ्ज । वीरगन्जस्थित नारायणी रगंशालामा आज देखि वीरगञ्ज क्रिकेट लिग प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको एक समारोहका बिच पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले उद्घाटन गर्नुभयो ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले पछिल्लो समय खेलकुद प्रति युवाहरूको आकर्षण घट्दै गएकोले विभिन्न प्रतियोगिता गरेर खेलकुदप्रति उनीहरूको रुचि बढाउन आवश्यक रहेको बताउनुभयो ।
प्रतियोगितामा प्रदेश २ का बारा, पर्सा, रौतहट, धनुषा, सिराहा, सप्तरी, महोत्तरीका विभिन्न क्रिकेट टिमहरूको सहभागिता रहेको छ ।
वीरगञ्ज क्रिकेट क्लबका उपाध्यक्ष फारुख अन्सारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य जनत अन्सारी, तुफान फारुक अन्सारी, पर्सा क्रिकेट सङ्घका अध्यक्ष दाउद अन्सारी लगायतको उपस्थिति रहेको थियो ।
आजको उद्घाटन खेलमा वीरगञ्ज क्रिकेट क्लब र सिबीटी कलैयाबिच प्रतिस्पर्धा भएको छ ।








प्रतिक्रिया राख्नुहोस्