तपाईँ सुन्दै हुनुहुन्छः

झापामा रोकिएन ब्राउनसुगरको कारोबार,  तीन जना पक्राउ

भद्रपुर, झापा । भारतीय सीमा नाकासँग जोडिएको झापामा प्रतिबन्धित लागु औषध ब्राउन सुगरको कारोबार अझै रोकिएको छैन ।
जिल्लामा प्रहरीले पटक–पटक ब्राउनसुगर प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गरे पनि यसको अवैध कारोबार अझै नरोकिएको पाइएको छ ।
प्रहरीले जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका–४ स्थित डाँगीबारीबाट हिजो बिहीबार राति ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० वर्षीय लोकेन श्रेष्ठ, भद्रपुर नगरपालिका १० बस्ने ३६ वर्षीय विनोद राजवंशी र २४ वर्षीय गोविन्द राजवंशी रहेका छन् । उनीहरूको साथबाट ९ ग्राम ११० मिलिग्राम ब्राउनसुगर र डिजिटल तराजु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।
पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि हिरासतमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button