झुटो बिल बनाई भुक्तानी लिएको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित ६ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, इन्जिनियर कृष्ण प्रसाद कोइराला र असिस्टेन्ट (सहायक) सब–इन्जिनियर लिलाराज भट्टराई, चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नविन ढकाल र कोषाध्यक्ष विनिता देवानसँग मिलेमतोमा पोखरी निर्माण भइसकेको भनी गलत कार्य सम्पन्न प्रतिवेदन बनाई नापी किताब बनाएर स्वीकृत गरी सोही आधारमा झुटो बिल बनाई २४ लाख २७ हजारभन्दा बढीको भुक्तानी लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
निजहरूलाई जनही २४ लाख २७ हजारभन्दा बढी बिगो तथा सजायको माग दाबी सहित मुद्दा दायर गरिएको अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्