डडेल्धुरामा करेन्ट लागेर युवतीको मृत्यु
डडेल्धुरा । डडेल्धुरामा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको अजयमेरु गाउँपालिका–१ महरा गाउँकी २२ वर्षीया धना बोहराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
बिहीबार रुखमा चढेकी उनलाई रुखमा छोएको नाङ्गो बिजुलीको तारबाट करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्