तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधानले दिएको जिम्मेवारी पूरा गर्न सेना सदैव तयार’

बर्दिबास । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधानले दिएको जिम्मेवारी जस्तोसुकै परिस्थितिमा पनि पुरा गर्न सेना सदैव तयार रहेको बताउनुभएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका स्थित मध्यपूर्वी पृतना हेड क्वाटरमा नेपाली सेना भूतपूर्व सैनिक सम्मेलनमा उहाँले शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार आत्मसम्मान तथा समृद्धिको आधार रहेको उल्लेख गर्नुहुँदै अवकाश प्राप्त नेपाली सेनाको व्यवस्थापनको लागि काम गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानसेनापति थापाले भूपूसैनिक र आश्रित परिवारको आर्थिक स्तरोन्नति गर्न सैनिक कल्याणकारी कोष महत्त्वपूर्ण रहेको बताउनुभयो । कोषमा हाल ५८ अर्ब नाघिसकेको उहाँले जानकारी दिनुभयो ।
मध्यपूर्वी पृतनाको कार्यक्षेत्र अन्तर्गत महोत्तरी, धनुषा, सर्लाही, सप्तरी, सिराहा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्ला रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button