राष्ट्रपतिबाट नेता मानन्धरको निधनप्रति शोक व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
सोमबार ९१ वर्षको उमेरमा नेता मानन्धरको निधन भएको हो। मानन्धरको निधनमा राष्ट्रपति भण्डारीले दुख्ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । समाजिक संजाल ट्विटरमा उहाँले लैख्नुभएको छ‚‘नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधनको खबरले मलाई दुस्खी तुल्याएको छ। स्वर्गीय मानन्धरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’









प्रतिक्रिया राख्नुहोस्