बोर्डद्वारा रणनीतिक तथा व्यावसायिक योजना तर्जुमाको काम शुरु
काठमाडौँ । लगानी बोर्डले नेपालले नेपालमा सार्वजनिक निजी साझेदारीमा लगानी प्रवर्द्धन गर्न रणनीतिक तथा व्यावसायिक योजना तर्जुमाको काम अघि बढाएको जनाएको छ ।
त्यसका लागि बोर्डले छिट्टै सरोकार भएका निकायहरूसँग छलफल अघि बढाउने तयारी भएको जनाएको छ ।
लगानी बोर्डले राष्ट्रिय लगानी बैककै अवधारणामा आधारित भएर सार्वजनिक निजी साझेदारीमा लगानी प्रवर्द्धन गर्न सहयोग पुग्ने गरी आयोजना बैक निर्माण गरी आयोजनाहरूको छनौट, मूल्याङ्कन र आयोजनाहरूको विस्तृत अध्ययनको काम अघि बढाउने भएको छ ।
बोर्डले अघि सारेको रणनीतिक तथा व्यावसायिक अवधारणामा लगानी आकर्षित गर्ने, संस्थागत विकास र प्रणालीगत विकासमा जोड दिने, कानुनी सुधारमा जोड दिने र लगानीका लागि आवश्यक पर्ने कतिपय कार्यविधि, निर्देशिका तथा नीतिहरूको निर्माणलाई योजनाबद्ध रुपमा अघि बढाउने लगायतका काम हाल अघि बढाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिनुभयो ।
बोर्डले अघि सारेको रणनीतिक योजना भित्र लगानीको सरलीकरण, रणनीतिक स्तम्भका रुपमा योजनाहरू अघि बढाउने, लगानी प्रवर्द्धन तथा परियोजना प्रवर्द्धन, प्रभावकारी समन्वय र सहकार्य जस्ता पक्षलाई जोड दिएको प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्