तपाईँ सुन्दै हुनुहुन्छः

खोप आपूर्तिलाई सुचारु गर्न भारत सरकारसँग आग्रह

file photo

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरस विरुद्धको खोप आपूर्तिलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गर्नुभएको छ ।

स्वास्थ्य मन्त्री त्रिपाठीले भारतीय अधिकारीहरूसँग आज कुरा गरी पूर्व प्रतिबद्धता अनुसार खोप उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।

मन्त्री त्रिपाठीले आफूहरूको आग्रहमा भारतीय अधिकारीहरू सकारात्मक रहेको र चाँडै खोप आपूर्ति सुचारु हुनेमा ढुक्क रहेको बताउनुभयो ।

खोप आपूर्ति विषयमा निरन्तर छलफलमा रहेको भन्दै मन्त्री त्रिपाठीले दोस्रो चरणको खोप अभियान अवरुद्ध हुने स्थिति नबन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button