काठमाडौँको आकाशमा तुवाँलो, सचेत भएर मात्र बाहिर निस्कन मौसमविद्को आग्रह

काठमाडौँ । आज एक्कासि काठमाडौँ उपत्यकाको आकाश तुवाँलाले ढाकेको छ । घाम लागेको छैन भने हावा पनि नचलेपछि तुवाँलो बाक्लो भएको छ । तुवाँलो लागेपछि घर बाहिरा निस्कने मानिसको आँखा पोल्ने समस्या सुरु भएको छ ।
जल तथा मौसमविद् राजु प्रधानाङ्गले मकवानपुर, पर्सा र चितवनमा डढेलो लागेकाले त्यहाँको धुवा काठमाडौँ उपत्यकामा आएकाले यस्तो समस्या भएको बताउनुभयो ।
तुवाँलो लागेपछि काठमाडौँको भिजिबिलिटी १ किलोमिटर मात्र भएको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।
काठमाडौँको वातावरण तुवाँलो लागेपछि प्रदूषित बनेको छ । लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौँको वायु प्रदूषित भएको हो ।
यो तुवाँलो हट्न पानी पर्नुपर्ने, घाम लाग्नुपर्ने वा हावा चल्नुपर्ने हुन्छ । वायु प्रदूषणका बेला ज्येष्ठ नागरिक, बालबालिका र रोगी व्यक्तिहरू घरबाहिर निस्कन नहुने र निस्कनै परे मास्क र चस्मा अनिवार्य लगाएर मात्र निस्कन मौसमविद् प्रधानाङ्गले आग्रह गर्नुभयो ।
पानी पर्नका लागि न्यून चाप भएको क्षेत्रमा हावाले बादल लिएर आउनु पथ्यो, त्यसको साटो वायुले धुलो र धुवाँ लिएर आएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्