सवारी दुर्घटनाबाट एक जनाको मृत्यु
सप्तरी । सप्तरीको कंचनुरुप नगरपालिका –११ स्थित पूर्व पश्चिम लोकमार्गमा ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा ट्याक्टर चालक जलिल मियाँ मन्सुरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सप्तरीमा मृत्यु भएको छ ।
पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चरततर्फ जाँदै गरेको ना.६ ख.३४२५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना.६ त.६१९९ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा ट्याक्टर घाइते भएका चालक बारा दक्षिण झिटकैया वडा न.०८ का ३५ वर्षीय जलिल मियाँ मन्सुरीको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्