सप्तरीमा ट्रकले ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा एक जनाको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनुरुप नगरपालिका वडा न.–११ स्थित पूर्व पश्चिम सडक खण्डमा ट्रकले ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा ट्याक्टर चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ३४२५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना६त ६१९९ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा ट्याक्टर चालक बारा जिल्ला दक्षिण झिटकैया वडा न.८ का ३५ वर्षीय जलिल मियाँ मन्सुरी घाइते भएका थिए ।
घाइते मन्सुरीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ठक्कर दिने ट्रकलाई प्रहरीको नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्