तपाईँ सुन्दै हुनुहुन्छः

वैद्यनाथ धामको पर्यटन विकासको लागि खड्का नियुक्त

अछाम। नेपालकै चार धाम मध्येको एक बैद्यनाथ धामको पर्यटन विकासको लागि समिति गठन गरिएको छ । वैद्यनाथ धाम पर्यटन विकास तथा व्यबस्थापन समिति अछामको अध्यक्षमा खड्ग बहादुर खड्का नियुक्त हुनु भएको छ । सुदुरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगत ४ बर्षको लागि चौपाटी गाउपालिका वडा नम्बर लुग्रा निवासी समाजसेवी तथा अधिवक्ता खड्का सहीत अन्य ७ जना सदस्य नियुक्त भएका हुन ।

समितिको सदस्यमा नृप बहादुर कुवर, शंकर मान बोहरा, सुरत भुल, यशोदा केसी, दुर्गा रावल कुँवर, हिक्मत खड्का र गणेशनाथ योगी नियुक्त हुनु भएको छ ।

अध्यक्ष खड्काले बैद्यनाथ क्षेत्रको संरक्षण, सम्बद्र्धन सहित प्रचारप्रसारका लागि आफ्नो समितीको योगदान रहने बताउनु भयो ।

नेपालकै ४ धाम मध्येको एक धाम भएकाले पर्यटन संग सम्बन्धित बिज्ञ तथा बैद्यनाथ क्षेत्रका जानकारसँग छलफल गर्दै आगामी दिनमा अघि बढने बताउनु भयो ।

यसका लागी चाँडै बैठक गरेर साँफेबगर नगरपालिका प्रमुख, चौरपाटी गाउपालिकाका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीलाई सदस्य थप्दै भावी योजना तय गरेर अघि बढने उहाँले जानकारी दिनु भयो ।

सुदुरपश्चिममा पर्यटनको हिसाबमा बैद्यनाथलाई उच्च स्थानमा पुरयाउनको लागी आफ्नो समितीले सहयोग सहीत निरन्तर योगदान गर्दै अघि बढने बताउनु भयो । यसअघि जिल्लाको पर्यटकीय क्षे रामारोशनको विकासका लागि पनि समिति गठन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button