तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा रुखले च्यापिएर एक जनाकाे मृत्यु

अछाम। अछाममा रुखले च्यापिएर एक जनाकाे ज्यान गएकाे छ । अछामको रामाराेशन गाउँपालिका वडा नम्बर ५ तल्लो पातल निवासी रनसिंह बटालाकाे रुखले च्यापिएर ज्यान गएकाे हाे ।

घरबाट करिब २ घण्टा टाढा रामाराेशनकाे रामे भन्ने ठाउँमा ढलकाे रुख काटिरहेकाे बेला रुखले च्यापिएर ज्यान गएकाे उहाँका आफन्त डम्बर राेकायाले बताउनु भयाे । बुधबार (आज) बिहान करिब ९ बजेतिर रुखले च्याप्दा उहाँको घटनास्थलमै मृत्यु भएको हाे ।

मृतकका श्रीमती १ छाेरी र २ छाेरा छन् । मृतककाे आजै कैलाशखाेलामा दाहसंस्कार गरिसकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button