छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु
दाङ । दाङमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । तुलसीपुरमा पानीमा डुबेर १७ बर्षीया एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरी निवासी यम बहादुर बोहराकी १७ बर्षीया छोरी सृजना बोहरा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो ।
यस्तै दाङमा अटोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ चोरगाउँमा अटोले ठक्कर दिँदा ३ बर्षीया बालिका आकाङ्क्षा चौधरीको मृत्यु भएको हो ।
घर अगाडीको बाटोमा खेलिरहेकी बालिकालाई अटोले ठक्कर दिएको प्रहरीले जनाएको छ । अटो चालक घोराही ६ बचाहका २७ वर्षीय कमल पुनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्