तपाईँ सुन्दै हुनुहुन्छः

४५ घर परिवारमा खानेपानी पुग्यो, स्थानीय खुसी

भोजपुर । भोजपुर सदरमुकामबाट उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकाका वडा नम्बर ५ फेदीका ४५ घरमा खानेपानी पुगेको छ ।
सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत सो वडामा खानेपानी बिस्तार भएको हो ।
आर्थिक बर्ष २०७७/२०७८ को सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत साल्पासिलिछो गाउँपालिका वडा नं ५ फेदी मा खानेपानी योजना पुगेको छ ।
भोजपुरका सङ्घीय सांसद सुदन किरातीबाट विनियोजित ५ लाख, गाउँपालिकाबाट १ लाख ५० हजार र वडा कार्यालयबाट ५ लाख गरी कुल ११ लाख ५० हजार बरावरको बजेटबाट खानेपानी बिस्तार भएको हो ।
खानेपानी योजनाको काम सम्पन्न भएपछि साल्पासिलिछो गाउँपालिका वडा नं ५ फेदीका ४५ घर परिवारमा खानेपानीको सुविधा पुगेको छ ।
योजना सम्पन्न भएर घर मै खानेपानी आएपछि फेदीवासी समेत खुसी देखिएका छन् । समयमा नै सम्झौता भई खानेपानी आयोजनाको काम सुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button