तपाईँ सुन्दै हुनुहुन्छः

मेयर कप एकदिवसिय क्रिकेटः त्रिभुवन आर्मीद्वारा मेयर टिम ११ पराजित

काठमाडौँ | मेयर कप एकदिवसिय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा मेयर ११ टिमलाई आर्मीले ५ विकेटले हरायो ।

टियू क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ मेयर ११ ले ४२.१ ओभरमा सबै विकेट गुमाएर १५५ रनको योगफल खडा गरेको हो ।

जवाफमा आर्मीले सोमपाल कामीको विस्फोटक पारीका कारण २३ ओभर पाँच बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । एक सय २५ रनमा पाँच विकेट गुमाएको आर्मीको जितमा सोमपालले ८० रनको उत्कृष्ट पारी खेले । उनले ५१ बलमा नौ चौका र ६ छक्का प्रहार गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button