तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीले आज कोरोना भाइरस विरुद्धको खोप लगाउँदै

File Photo

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा आलीले आज कोरोना भाइरस विरुद्धको खोप लगाउनुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहान १० बजे खोप लगाई दोस्रो चरणको खोप अभियान शुभारम्भ गर्नुहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

आजदेखि सुरु हुने खोप अभियानमा १० दिनसम्म ६५ वर्ष माथि उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखी खोप लगाइने र ११ औ दिन देखि बाँकी १० दिन सम्म ५५ वर्ष माथिका नागरिकलाई खोप लगाइने मन्त्री त्रिपाठीले बताउनुभयो ।

मन्त्री त्रिपाठीले देशभर ६ हजार बढी खोप केन्द्रबाट सञ्चालन हुने खोप अभियानको यस चरणमा ३७ लाख व्यक्तिलाई खोप लगाइने लक्ष्य रहेको जानकारी गराउनुभयो ।

यस्तै, आज कोभ्याक्स् सहयोगको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । उहाँले कोभ्याक्स सुविधा अन्तर्गत २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त हुने क्रम सुरु भएको बताउनुभयो ।

नेपालले कूल १ करोड ४८ लाख डोज खोप प्राप्त गर्ने प्रतिबद्धता अनुसार अव ५० लाख खोप खरिदको प्रक्रियामा रहेको समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button