तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरको पौवादुङमामा दोस्रो ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिका भित्र रहेका ६ वटा माध्यामिक विद्यालयको सहभागिता रहने रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन २३ गतेसम्म सञ्चालन हुने पञ्चकन्या माध्यामिक विद्यालयका प्रधानाध्यापक रामकुमार राईले जानकारी दिनुभयो

पञ्चकन्या माध्यामिक विद्यालयमा सुरु प्रतियोगिताको गाउँपालिका अध्यक्ष राई, गाउँपालिका उपाध्यक्ष सम्झना राई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश भुजेलले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

विद्यालय स्तरीय प्रतियोगिताले विद्यार्थीहरूको सबै क्षेत्रको विकासमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । प्रतियोगिताहरूमा विजेता बन्नका लागि लगनशीलतासँगै अनुशासनले सफलता दिलाउने बताउँदै विद्यार्थीहरूको अनुशासनको विकास गर्नका लागि समेत यस्ता प्रतियोगिताले टेवा पुग्ने अध्यक्ष राईको भनाई रहेको छ ।

आफूले खेल क्षेत्रलाई नजिकबाट नियालेको बताउँदै गाउँपालिका अध्यक्ष राईले खेल प्रेमी अध्यक्ष पनि भएकाले खेल क्षेत्रको विकासको लागि विशेष महत्त्वका साथ काम गरिरहेको बताउनुभयो ।

गाउँपालिकाले खेल क्षेत्रको विकासका लागि खेल मैदान निर्माणदेखि उनीहरूको वृद्धि विकासको लागि समेत योजनाबद्धरुपमा काम गरी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button