तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलले ठक्करले विद्यार्थीको मृत्यु

दाङ ।  दाङकाे घाेराहिमा मोटरसाइकलले ठक्कर दिँदा  एक स्कुले विद्यार्थीको मृत्यु भएको छ।

विद्यालयबाट पढाई सकेर घर फर्किने क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १७ सिस्ने खोलाकी १५ बर्षिया अमृता आचार्यको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो। उहा घोराही स्थित हिन्दु विद्यापीठ नेपालमा कक्षा ८ मा अध्ययनरत थिइन्।

विद्यालयबाट घर फर्कने क्रममा अमृतालाई रा ४ प ७७४ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट उहालाई उपचारका लागि लजादै  गर्दा बाटोमै मृत्यु भएको विद्यालयका शिक्षक पिताम्बर रिजालले जानकारी दिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button