तपाईँ सुन्दै हुनुहुन्छः

पुल्चोक स्पोर्ट्स र श्री भगवती क्लबबिचको खेल बराबरीमा सम्पन्न

काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबले बराबरी खेल्दै अङ्क बाडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स शनिबार पुल्चोक र श्री भगवतीले गोलरहित बराबरी खेलेको हो ।

यो बराबरीसँगै श्री भगवतीले ७ खेलबाट ६ अङ्क जोडेको छ भने पुल्चोक २ अङ्क जोडेर अङ्कतालिकाको पुछारमा रहेको छ ।

यस्तै शनिबार नै भएको अर्को खेलमा बाँसबारी र श्री कुमारी क्लबबिचको खेल पनि गोलरहित बराबरीमा सम्पन्न भयो । दुवै टोलीले गोल गर्न नसकेपछि अङ्क बाँडेका छन् ।

बाँसबारीले ७ खेलमा १५ अङ्क जोडेको छ भने श्री कुमारीको ७ खेलमा ७ अङ्क रहेको छ ।

लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button