गोल्डकप सञ्चालनका लागि उपमहानगरपालिकाले २० लाख सहयोग गर्ने
बारा । बाराको जीतपुुरसिमरा उपमहानगरपालिकाले नव जनजागृति युवा क्लबको आयोजनामा सञ्चालन हुने सिमरा गोल्डकपलाई रु २० लाख आर्थिक सहयोग गर्ने भएको छ ।
उपमहानगरपालिकाको बिहीबार बसेको ५३ औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । विगतदेखि नै सिमरा रङ्गशालामा हुने गरेको राष्ट्रिय स्तरको सिमरा गोल्डकपलाई २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कार्यपालिका सदस्य शोभा कार्कीले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले सिमरा गोल्डकपको नाम परिवर्तन गरी सिङ्गो उपमहानगरपालिकाका प्रतिनिधित्व गराउने उद्देश्यले गोल्डकपको नाम ‘जीतपुुरसिमरा उपमहानगरपालिका गोल्डकप’ राख्ने निर्णय गरेको कार्यपालिका सदस्य कार्कीले बताउनुभयो ।
नव जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीले उपमहानगरपालिकाको आर्थिक सहयोगको निर्णय स्वागत योग्य भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्