तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जको राँझा विमानस्थलमा बृहत् आपत्कालीन पूर्व अभ्यास

नेपालगञ्ज  । नेपालगञ्जको राँझा विमानस्थलमा बृहत् आपत्कालीन पूर्व अभ्यास गरिएको छ ।
जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल सञ्चालन र आपत्कालीन उद्धारमा सरोकारवालाहरूको सक्रियतालाई व्यवहारिकरुपमै अभ्यास गर्न बृहत् आपत्कालीन पूर्व अभ्यास गरिन्छ ।
फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा आएका थिए । एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपत्कालीन अभ्यास गरिएको राँझा विमानस्थल नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
पूर्व अभ्यासमा एकाएक विमान दुर्घटना भएको दृश्य देखिन्छ । तत्काल दमकल पुगेर आगो निभाउँछ । सुरक्षाकर्मीले घाइतेहरूको उद्धार गर्छन् र अस्पताल पठाउँछन् । पूर्व अभ्यासको समयमा विमानस्थल बन्द गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button