वक्तृत्वकला प्रगियोगितामा भुजेल प्रथम
काठमाडौं ।राष्ट्रिय महिला आयोगले १११औँ अन्तराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा आयोजना गरेको ‘बालिकामाथि हुने यौनजन्य दुव्र्यवहार तथा यौनहिंसाका कारण, चुनौती र समस्या समाधानका उपाय’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा पद्मकन्या मा,ि कक्षा १० का जस्मिन भुजेल प्रथम भएका छन् ।
प्रतियोगितामा सैैनिक आवसीयकी कक्षा १२ की करुणा बुढाथोकी दोस्रो तथा विश्वामित्र मावि, कक्षा १० का समीर गिरी र सैनिक माविका कक्षा १२ का सौरभ पौडेलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । पुरस्कृतहरुले क्रमशः रु २० हजार, १५ हजार र १० हजार पुरस्कार पाउनेछन् । सो पुरस्कार यही फागुन २३ हुने आयोगको १९औँ वार्षिककोत्सवमा दिइनेछ ।
पुरस्कार छनोटको मूल्याङ्कन समितिमा समालोचक डा.बिन्दु शर्मा, वरिष्ठ पत्रकार बबिता वस्नेत र ऋतुराज भण्डारी रहनुभएको थियो । प्रतियोगिता आयोगका अध्यक्ष कमला पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्